पुलको काम गर्ने मजदूरको करेन्ट लागेर ज्यान गयो

३१ जेठ २०७५
banner

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा काम गर्ने क्रममा करेन्ट लागी एक युवाको मृत्यु भएको छ। 

माङसेबुङ गाउँपालिका–४ का २८ वर्षीय नियुशन लिम्बूको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो। स्थानीय बागमारा खोलामा निर्माणाधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई साँझ करीब ६ बजे करेन्ट लागेको थियो। 

करेन्ट लागेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको दमकतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ। 

मृतकको शव झापाको दमकस्थित आम्दा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए। रासस 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।