सामाजिक संजालमा भाईरल बाल कलाकार नितेश राईले रेकर्ड गराए पहिलो गीत

३१ जेठ २०७५

banner

सामाजिक संजालमा निक्कै भाईरल बनेका नितेश राईको पहिलो गीत रेकर्ड भएको छ। राजेश पायल राई, प्रेम परियार, प्रमोद खरेल जस्ता बहु चर्चित गायकहरूको गीत जस्ताको तस्तै गाउन सक्ने गायक नितेश राई सामाजिक संजालमा अहिलेपनि भाईरल बनिरहेका छन्।

नितेश राईको रेकर्डिङको पहिलो दिन नै दुईवटा गीत रेकर्ड भएको छ।  संगीतकार तथा गायक शिव संगमकै शब्द रचना तथा संगीतमा “नाकवेली चुल्ठो माथि” बोल रहेको शृङ्गारिक गीत र “यो मन तिम्रै” बोलको अर्को गीत एकैदिन रेकर्ड गरिएको हो।

वरिष्ठ संगीतकार तथा गायक शिव संगम राईले नितेश राईको निम्ति गीत रेकर्ड गर्ने वातावरण मिलाएका हुन्। रेकर्ड सम्पन्न भएको पहिलो गीत “नागवेली चुल्ठो माथि”को शब्द रचना तथा संगीत शिव संगम राईले गरेका हुन् भने यो गीतको एरेन्ज सुन्दर लामाले गरेका छन्।

यसैगरी नितेशको अर्को रेकर्ड सम्पन्न भएको गीत “यो मन तिम्रै”को शब्द रचना कल्पना सापकोटाले गरेकी हुन् भने यो गीतको शब्दमा संगीत भर्ने काम शिव संगम राईले नै गरेका छन्। सुन्दर लामाकै एरेन्ज रहेको यो गीतमा भने अहिलेका बहु चर्चित गायिका मेलिना राईले नितेश राईलाई साथ दिएकी छन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »