फोटोमा हेर्नुहोस् विश्वकप खेलिने १२ भव्य स्टेडियम र तिनका मुख्य विशेषताहरु

३१ जेठ २०७५

banner

एजेन्सी। फिफा विश्वकपको २१ औं संस्करण आजदेखि सुरु हुँदैछ । फुटबलको यो महाकुम्भ आगामी जुलाइ २१ सम्म चल्नेछ । २००६ पछि पहिलोपटक युरोपमा विश्वकप आयोजना हुँदैछ । यसअघि २००६ मा जर्मनीमा विश्वकप भएको थियो । २०१० मा दक्षिण अफ्रिका र २०१४ मा ब्राजिलमा विश्वकप आयोजना गरियो । यस पटकको विश्वकपमा ३२ टिमलाई ८ समूहका बाँडिएको छ । यो विश्वकपमा ११ ठूला शहरका १२ स्टेडियममा ६४ खेल हुनेछन् । आउनुहोस् यी स्टेडियमको बारेमा जानौं । 

१. लुझिनिकी स्टेडियम, मस्को (क्षमता ८१ हजार जना, लागत ४ खर्ब ३२ अर्ब रुपैयाँ)
१९५० मा बनेको यो स्टेडियम संसारका सबैभन्दा सुन्दर स्टेडियममध्ये एक हो । सुरुमा एथलेटिक्स ट्रयाकका लागि चर्चित यो स्टेडियमलाई १९८० को ओलम्पिकपछि पूर्णतया फुटबल स्टेडियमको रुपमा प्रयोग गरिएको छ । आज हुने आयोजक रसिया र साउदी अरेबियाको खेल यही स्टेडियममा खेलिँदैछ । 

२. स्पार्क स्टेडियम, मस्को (क्षमता ४३ हजार जना, लागत २ खर्ब ७२ अर्ब रुपैयाँ)
४ वर्षअघि २०१४ मा फुटबलको लागि सुरु गरिएको यो स्टेडियममा रशियन प्रिमियर लिग २०१७ खेलिएको थियो । यो विश्वकपको लागि बनाइएको पहिलो यस्तो स्टेडियम हो जसमा सरकारी पैसा लगानी गरिएको छैन । 

३. सेन्ट पिटसबर्ग स्टेडियम, सेन्ट पिटसबर्ग (क्षमता ६८ हजार जना, लागत ७ खर्ब ८४ अर्ब रुपैयाँ)

४. फिश्ट स्टेडियम, सोची (क्षमता ४८ हजार जना, लागत ४ खर्ब ३२ अर्ब रुपैयाँ)

५. कजन एरिना स्टेडियम, कजन (क्षमता ४५ हजार जना, लागत २ खर्ब ७२ अर्ब रुपैयाँ)

६. समारा एरिना स्टेडियम, समारा (क्षमता ४५ हजार जना, लागत ३ खर्ब ३६ अर्ब रुपैयाँ)

७. निजनी नोवगोरोड स्टेडियम, निजनी नोवगोरोड (क्षमता ४५ हजार जना, लागत ३ खर्ब ३६ अर्ब रुपैयाँ)

८. रोष्टो एरिना स्टेडियम, रोष्टो अनडन (क्षमता ४५ हजार जना, लागत ३ खर्ब ३६ अर्ब रुपैयाँ)

९.भोल्गोग्राद एरिना स्टेडियम, भोल्गोग्राद (क्षमता ४६ हजार जना, लागत ३ खर्ब ५२ अर्ब रुपैयाँ)

१०. एकाटेरिनबर्ग एरिना स्टेडियम, एकाटेरिनबर्ग (क्षमता ३६ हजार जना, लागत २ खर्ब ४० अर्ब रुपैयाँ)

११. मोर्देभिया एरिना स्टेडियम, सांरास्क (क्षमता ४५ हजार जना, लागत ३ खर्ब २० अर्ब रुपैयाँ)

१२. कालिनीग्राद स्टेडियम, कालिनीग्राद (क्षमता ३५ हजार जना, लागत ३ खर्ब ३६ अर्ब रुपैयाँ)

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »