आईसीटी अवार्ड, असार १ देखि अनलाइन रजिस्ट्रेसन सुरु

३१ जेठ २०७५
banner

काठमाडौँ । लिभिङ वीथ आईसीटीले ‘आईसिटी अवार्ड २०१८’ गर्ने भएको छ। लिभिङ वीथ आईसिटीले बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी भदौ १ गते आईसीटी अवार्डको तेस्रो संस्करण हुन लागेको जानकारी गराएको हो। 

अवार्डमा आईसिटी क्षेत्रका विभिन्न ७ वटा विधा समेटिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिएका छन्। 

अवार्डमा बेष्ठ स्टार्टअप आईसीटी अवार्ड, बेष्ट प्रडक्ट अवार्ड, आईसीटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आईसीटी मिडिया अवार्ड र आईसीटी इन्ट्रप्रेनियर अवार्ड  समावेश गरिएको छ। 

अध्यक्ष लम्सालले यस वर्ष सो अवार्डमा नोमिनेशनका लागि सय भन्दा बढि संस्थाहरु सहभागी हुने अपेक्षा गरिएको पनि बताए।

अवार्डमा सहभागी हुन अनलाईन रजिष्ट्रेशन असार १ गतेबाट खुला हुनेछ। असार १६ गतेसम्म खुला रहने अनलाईनको आधिकारिक वेबसाईट  www.ictaward.org डट आईसीटीअवार्ड डट ओरजी रहेको छ।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।