स्पेनिस टोली रुस पुगे, पहिलो खेलमा रोनाल्डोको पोर्चुगलसँग प्रतिस्पर्धा गर्ने

३१ जेठ २०७५
banner

एजेन्सी । सन् २०१० को विश्वकप विजेता टोली स्पेन विश्वकप फुटबल प्रतिस्पर्धाका लागि रुस पुगेको छ ।

स्पेनले आफ्नो पहिलो खेलमा सन् २०१६ को युरो कप विजेता क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलको सामना गर्नेछ । दुवैबीचको खेल शुक्रबार राति पौने १२ बजे हुनेछ ।

स्पेन स्टार खेलाडीहरुले भरिएको टोली हो भने पोर्चुगल विश्व स्टार रोनाल्डोको टोली हो । शुक्रबार राति हुने यस खेल सबैको चासोको विषय बनेको छ । किनभने रोनाल्डो स्पेनिस क्लव रियल मड्रिडबाट खेल्छन् ।

शुक्रबार विश्वकपका लागि रोनाल्डोले क्लवका सहकर्मीविरुद्ध मैदान उत्रने छन् । विशेष गरी स्पेनमा बार्सिलोना र रियल मड्रिडका अधिकांश खेलाडी समावेश छन् । रोनाल्डोले स्पेनीस खेल बुझेका छन् ।

अर्कातर्फ स्पेनिस खेलाडीले रोनाल्डोको खेल बुझेका छन् । दुवै टोलीका खेलाडीले एक अर्काका खेल बुझेका हुनाले खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।  

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।