माल्दिभ्सको मनोरन्जन क्षेत्रमा बैदेशिक लगानी प्रतिबन्ध

३१ जेठ २०७५
banner

माले । माल्दिभ्स सरकारले कार्यक्रमहरूको व्यवस्थापन गर्ने, मनोरन्जन र उत्पादन क्षेत्रमा वैदेशिक लगानीलाई प्रतिबन्ध लगाएको छ। 

ती कामहरुमा स्थानीय लगानीलाई प्रेरित गर्न अधिक वैदेशिक लगानीलाई प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले बिहीबार जनाएका छन्। 

माल्दिभ्सको आर्थिक विकास मन्त्रीले मनोरन्जन क्षेत्रको काम, कार्यक्रम व्यवस्थान, श्रव्यदृश्य सामग्री भाडामा दिने, संगीत सम्वन्धी सामग्रीहरूको उत्पादन, विक्री, भाडामा दिने र यस्तै अन्य कामहरूमा अधिक बैदेशिक लगानी प्रतिबन्ध गरिएको जानकारी दिए।

उनका अनुसार ती हरेक काम तथा व्यवसायमा कम्तीमा ५१ प्रतिशत लगानी माल्दिभ्सका नागरिकको नै हुनु पर्दछ । विदेशीको ५० प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था गरिएको उनले बताए।

सरकारले हालै मात्र मोबाइल फोन विक्री तथा यस सम्बन्धि तालिम, फोटो सम्बन्धि सेवालगायतका सेवामा पनि अधिक बैदेशिक लगानी रोक्ने निर्णय गरेको थियो। 

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा माल्दिभ्सका झण्डै एक चौथाई युवाहरु बेरोजगार रहेको उल्लेख गरिएको छ। 

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l