प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको कांग्रेसद्वारा स्वागत

३१ जेठ २०७५
banner

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको स्वागत गरेको छ।

काँग्रेस युवा नेता चन्द्र भण्डारीले चीन भ्रमणका क्रममा रेल सेवा विस्तारका लागि सम्झौता गरे त्यो नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने पनि स्पष्ट पारे।

बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उने नेपाललाई नाकाबन्दीबाट मुक्त गराउने गरी चीनको सहयोगमा रेल सेवा विस्तारका लागि सम्झौंता गर्न पनि प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराए।

प्रधानमन्त्री ओली यही असार ५ गते चीन भ्रमणमा जाँदै छन्। नेता भण्डारीले चीनसँग लिपुलेकको विषयमा पनि कुरा गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए। चीन र भारत दुवै मुलुकबाट रेल सेवा विस्तार गर्नु नेपालको हितमा हुने नेता भण्डारीको भनाई छ।

काँग्रेस नेता भण्डारीले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने विश्वास समेत व्यक्त गरेका छन्।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।