भारतको एक थिएटर फेस्टिभलमा नेपाली नाटक 'उपियाँको निवन्ध' प्रदर्शन हुने

३१ जेठ २०७५
banner

काठमाडौं । भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट रंगकर्मी केदार श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘उपियाँको निवन्ध’ मञ्चन हुने भएको छ। 

थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) को सो नाटक १८ जुन साँझ ६ बजे कलकत्तास्थित पश्चिम बंगालको एकेडेमी अफ फाइन आर्टको हलमा मञ्चन हुनेछ।

कलकत्ताको नाट्य संस्था ‘एसो नाटक सिखी’ले आयोजना गर्ने सो नाट्य महोत्सव १७ जुनदेखि २१ जुनसम्म हुँदैछ। नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंका लगायत आठ देश सहभागी हुने नाट्य महोत्सवमा १६ वटा नाटक मञ्चन हुनेछन्।

कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नाटक ‘उपियाँको निवन्ध’को ४० औं मञ्चन हुनेछ। यसअघि प्रेरणा विद्याश्रमले नै २०६८ मा रुसी साँस्कृतिक केन्द्र र शैली थिएटरको राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो। 

त्यस्तै २०६९ मा मण्डला थिएटरमा भएको बालनाटक मेलामा चार मञ्चन भएको थियो। नियमित मञ्चनको रुपमा थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले २०७३ मा थिएटर मल नाटकघरमा व्यवसायिक कलाकारका साथमा ३४ मञ्चन गरेको थियो।
 
स्कुले परिवेशको कथालाई हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको नाटक ‘उपियाँको निबन्ध’मा लौरी बोकेर कक्षा लिने नेपाली शिक्षकले नमूनाका रुपमा लेखिदिएको ‘उपियाँ’ शीर्षकको निबन्ध लेखिदिन्छन्। 

त्यही निबन्ध मानक मानेर अन्य निबन्ध लेख्ने विद्यार्थीको कथा नाटकले प्रस्तुत गरेको छ। कलकत्तामा प्रेरणा विद्याश्रमका विद्यार्थीहरु सकिना, किर्ती, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुश, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गर्नेछन्।

 २० जनाको नाट्य टोली विहिबार महोत्सवमा सहभगी हुन भारततर्फ प्रस्थान गर्दैछ। नेपालबाट गार्डेन थिएटरको चे शंकर निर्देशित नाटक ‘मिस्टर फक्स एण्ड स्कुल बोय’को टोली पनि सो महोत्सवको लागि भारत प्रस्थान गरिसकेको छ।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।