मिस नेपाल नर्थ अमेरिकाका लागि झन्डै २ दर्जन निबेदन

३१ जेठ २०७५
banner

विजय थापा 

न्युयोर्क, अमेरिका । विश्वकै सम्राट राज्य न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाका लागि अमेरिका, क्यानडा र मेक्सिको लगायतबाट २० जना भन्दा बढीको निबेदन प्राप्त भएको छ।

प्रथम पटक हुन लागेको मिस नेपाल नर्थ अमेरिका आगामी अगष्ट ११ तारिखका दिन हुँदै छ। 

कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्दैछ। 

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने भएको छ । निबेदन दिने समय जुन २५ तारिख  सम्म दिइएको छ। 

आगामी जुलाई १ तारिख अन्तिम चरणमा छनौटमा परेकाको नामावली घोषणा गरिने छ। निबेदन आएका मध्ये बाट छनौट गरिने र उनीहरु नै प्रतिस्प्रद्धामा मैदानमा उत्रने आयोजक समुहका सह संस्थापक रसभापति निराकार उप्रेती बताएका छन्। अगस्त ६-१० सम्म प्रशिक्षण हुने छ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को शीप हुनु पर्ने तथा जीवन बृद्धि हाँक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ।

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरि दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्धितीय बिजेता उपाधिद्वारा सम्मान गरिने छ। 

न्युयोर्कको प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा कार्यक्रम अगस्त ११ तारिख  समापन साथै सोहि स्थानमा भव्य भोज समारोहको समेत आयोजना गरिने छ।

प्रतियोगिता बिजेताले अन्तर राष्ट्रिय गैर मुनाफा संस्थामा स्वयम् सेवक रुपमा काम गर्ने अवसर पाउने छन्। 

बिस्तृत जानकारीको लागि info@missnepalna.com, www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन्।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।