इजिप्टका मोहम्मद सला ठिक भए, पहिलो खेलमा उरुग्वेविरुद्ध मैदान उत्रने निश्चित

३१ जेठ २०७५

banner

एजेन्सी । इजिप्टका घाइते स्ट्राइकर मोहम्मद सला ठिक भएका छन् । उनी पूर्णरुपमा स्वस्थ भएका कारण उरुग्वेविरुद्ध शुक्रबार हुने पहिलो खेलमै समेटिने इजिप्टको फुटबल संघले जनाएको छ ।

यसअघि सला पहिलो खेलमा समेटिने नसमेटिनेमा अन्यौल थियो । अब उनी पहिलो खेलमै समेटिने भएपछि इजिप्टका फुटबल समर्थक हर्षित भएका छन् । सला प्रिमियर लिगमा लिभरपुलबाट खेल्छन् ।

च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस क्लव रियल मड्रिडसँगको खेलमा उनी सक्त घाइते भएका थिए । सर्वाधिक ३२ गोल गरेका कारण प्रिमियर लिग गोल्डेन बुट पाएका सला निकैनै फर्ममा रहेका खेलाडी हुन् ।

उनी घाइते भएपछि इजिप्टले कस्तो प्रदर्शन गर्ला भनेर खुबै चर्चा भएको थियो । तर अब सला समेटिने खेलले इजिप्टले उत्कृष्ट प्रदर्शन गर्ने अनुमान लगाइएको छ । सलाको टोली इजिप्ट र लुइस स्वारेजको टोली उरुग्वेबीचको खेल शुक्रबार साँझ पौने ६ बजे सुरु हुनेछ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »