अब नागरिकको स्वास्थ्यको जिम्मा सरकारको

३१ जेठ २०७५
banner

पर्वत । स्वास्थ्य तथा जनससंख्या राज्यमन्त्री पद्मा अर्यालले अब सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्योपचारको जिम्मा सरकारले लिने बताएका छन्।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई आज सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले पाँच वर्षभित्र सबै स्थानीय तहमा विशेष चिकित्सकको दरबन्दीसहितको अस्पताल निर्माण गरिने बताए। 

उनका अनुसार गाउँपालिकामा १५ शय्या र नगरपालिकामा २५ शय्याको अस्पताल स्थापना गरिने छ। 

जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सबै बालबालिका खोपको दायरामा आएपछि पूर्ण खोप सुनिश्चित भएको हो। 

तीन हजार ४३३ बालिबालिकालाई खोप लगाउने लक्ष्य रहेकामा दुई हजार ४४६ लाई सबै प्रकारका खोपको मात्रा लगाइएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा बुद्धिबहादुर थापाले जानकारी दिए। 

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l