पहिलो हाफमा रुसको २ गोल साउदी शुन्य गोलमै सीमित, दोस्रो हाफ केहिबेरमै सुरु

३१ जेठ २०७५

banner

एजेन्सी । विश्व फुटबलको महाकुम्भ रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले २ गोलको अग्रता लिएको छ ।

घरेलु टोली रुसले एसियाली राष्ट्र साउदी अरेबीयामाथि पहिलो हाफमो समाप्तिमा २–० गोलको अग्रता लिएको हो । साउदीले भने खेलमा कुनै गोल गरेको छैन् । रुसका लागि सुरुवाती गोल खेलकोे १२ औं मिनेटमा लरी गाजन्सकीले हेडरमार्फत गरेका हुन् ।

अलेसान्ड्र गोलोभिनको क्रसमा लरीले गोल गरेका थिए । त्यसैगरी दोस्रो गोल पहिलो हाफ सकिन २ मिनेटबाँकी छँदा डेनिस चेरिसेभले गरेका थिए । चेरिसेभ स्पेनिस फुटबल क्लव भिल्ला रियलका खेलाडी हुन् ।

उनले रोमान जोबनिनको पासमा गोल गरेका थिए । पहिलो हाफसम्म साउदी अरेबियाले बल पोसेसन ६३ प्रतिशत कायम गरेपनि उसले गोलभने गर्न सकेको छैन् । साउदीले ४ पटक गोलको प्रयास गरेको छ ।

तर कुनै बल पोष्टको दिशामा गएको छैन् । रुसलेमात्र ३७ प्रतिशत बल आफ्नो पक्षमा राखेको छ । तर २ गोल प्रयास मध्य २ बल पोस्टको दिशामा जाँदा रुसले दुवै गोल गर्न सक्यो ।

दोस्रो हाफमा साउदी अरेबीया २ गोल फर्काउने लक्ष्यका साथ मैदान उत्रनेछ । दोस्रो हाफ केहिबेरमा सुरु हुनेछ । रुस विश्व वरियतामा साउदीभन्दा कमजोर टोली भएपनि आयोजक राष्ट्रले अहिलेसम्म उद्घाटन खेलमा हारेको इतिहास छैन् । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »