विश्वकपको खेल जारी, रुसको ह्याट्रिक जित नजिक पुग्दै, साउदी अरेबीया शुन्यमै

३१ जेठ २०७५
banner

एजेन्सी । विश्व फुटबलको महाकुम्भ रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले ३ गोलको अग्रता लिएको छ ।

घरेलु टोली रुसले एसियाली राष्ट्र साउदी अरेबीयामाथि दोस्रो हाफ चलिरहँदा ३–० गोलको अग्रता लिएको हो । पहिलो हाफ २–० गोल भएको खेलमा दोस्रो हाफको ७१ औं मिनेटमा रुसले तेस्रो गोल गरेको हो ।

रुसका लागि ७० औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका खेलाडी आर्टेम ज्युबाले मैदान प्रवेश गरेको एकै मिनेटमा गोल गर्न सफल भए । उनले सुरुवाती गोलका लागि पास गर्ने खेलाडी अलेसान्ड्र गोलोभिनको पासमा गोल गरेका थिए ।

यसअघि रुसका लागि सुरुवाती गोल खेलकोे १२ औं मिनेटमा लरी गाजन्सकीले हेडरमार्फत गरेका थिएभने दोस्रो गोल  पहिलो हाफ सकिन २ मिनेटबाँकी छँदा डेनिस चेरिसेभले गरेका थिए । दोस्रो हाफ जारी ।

साउदी खेलमा फर्कने प्रयास गरिरहेको छ । पहिलो हाफमा केहि बलियो देखिएको साउदी यतिबेलाभने कमजोर देखिएको छ । रुस विश्व वरियतामा साउदीभन्दा कमजोर टोली भएपनि आयोजक राष्ट्रले अहिलेसम्म उद्घाटन खेलमा हारेको इतिहास छैन् । 


 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।