विश्वकप फुटबल : उद्घाटन खेलमा आयोजक रुसको शानदार जित, साउदी ५–० ले पराजित

३१ जेठ २०७५

banner

एजेन्सी । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले उत्कृष्ट सुरुवात गरेको छ । बिहिबार राति सम्पन्न खेलमा रुसले साउदी अरेबीयामाथि ५–० को शानदार जित हात पारेको हो ।

रुसले उद्घाटन खेल जितेसँगै ८८ वर्षयताको इतिहासपनि जोगाएको छ । सन् १९३० देखि सुरभएको विश्वकप फुटबलमा अहिलेसम्म आयोजक टोली उद्घाटन खेलमा कहिल्यै हारेको छैन् ।

जितसँगै आयोजक रुस ३ अंक जोड्दै समुह एको शिर्ष उक्लिएको छ । ५–० को लज्जास्पद हार व्यहोरेकोसाउदी अरेबीयाभने अंक विहिन छ । रुस र साउदीसँगै, उरुग्वे र इजिप्टपनि समुह एमा समावेश छन् । प्रत्येक टोलीका शिर्ष दुई टोली अंक तालिकाका आधारमा नकआउट चरण प्रवेश गर्नेछन् । 

रुसको उत्कृष्ट प्रदर्शन, साउदी निरिह

पहिलो हाफ २–० गोलको अग्रता लिएको खेलमा दोस्रो हाफमापनि रुसलेनै ३ गोल थप्यो । साउदी अरेबीया भने गोल रहित निरिह बन्न पुग्यो । रुसले खेलको १२ औं मिनेटमा लरी गाजन्सकीको हेडर गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

अलेकसेन्डर गोलोभिनका पासमा उनले गोल गरेका थिए । दोस्रो गोल पनि पहिलो हाफमै भएको थियो । पहिलो हाफ सकिन २ मिनेटबाँकी छँदा डेनिस चेरिसेभले रोमन जोबनीनको पासमा दोस्रो गोल गरेका थिए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा आर्टेम ज्युबाले एक आकर्षक गोल गर्न सफल भए । ज्युबा ७० औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । उनले मैदान पसको एकै मिनेटमा गोल गरे ।

पहिलो गोलका लागि पास दिने खेलाडी गोलोभिनले ज्युबालाई आकर्षक गोलका लागि पास दिएपछि रुसले ३–० को अग्रता लिएको थियो । रुसले अन्य दुवै गोल अतिरिक्त समयमा गरेको थियो ।

निर्धारित समय ९० मिनेटमा सकिएपछि खेलमा बाँकी ३ मिनेट थप गरिएको थियो । सोहि समयमा रुसी टोली २ गोल गर्न सफल भए । रुसका लागि दोस्रो गोल गरेका डेनिसलेनै चौथो गोल गरे ।

त्यसपछि खेलमा पाँचौ तथा अन्तिम गोल आकर्षक फ्रिकिक मार्फत भएको थियो । पहिलो गोल तथा तेस्रो गोलका लागि पास दिएका खेलाडी अलेकसेन्डर गोलोनिले खेल सकिन एक मिनेटमात्र बाँकी रहँदा फ्रिकिक मार्फत आकर्षक गोल गरेपछि खेल ५–० मा टुंगीएको थियो ।

बल आफ्नो पक्षमा पार्न सफल भएपनि गोल गर्न नसक्नु साउदीको लागि दुर्भाग्य सावित भयो । साउदीले ६ पटक गोलको प्रयासगर्दै ६१ प्रतिशत बल आफ्नो पक्षमा परेको थियो । तर साउदीको कुनै गोल पोस्टो दिशामा गएन् ।

तर मात्र ३९ प्रतिशत बल आफ्नो पक्षमा पार्न सफल रुसले खेलमा पुरा १४ पटक गोलको प्रयास गरेको थियो । ७ पटक बल पोस्टमाजाँदा ५ गोलले जाली चुम्न सक्यो । अब शुक्रबार समुह ए अन्तर्गतनै मोहम्मद सलाको इजिप्ट र लुइस स्वारेजको टोली पाराग्वे प्रतिस्पर्धामा उत्रदैछन् ।

 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »