नेपालको एयरपोर्ट सुरक्षित छ, ३१ वर्ष देखी प्लेन उडाई रहेको छु : विजय लामा

३१ जेठ २०७५

banner

काठमाडौं । क्याप्टेन विजय लामा जहाज उडानसंगै कलाकारितामा पनि व्यस्त छन् । सामाजिक संजालमा उनले दिने सकारात्मक संदेशले गर्दा युवाहरुले उनलाई प्रेरणादायी व्यक्तित्वको रुपमा पनि लिन्छन्।

विजय लामा आफूले सामाजिक संजालमा कुनै पनि कुरा पोस्ट नगर्दा आफूलाई 'के भयो' भनेर कैयौं संदेश आउने उनी बताउँछन् । विजय लामा उडानमा व्यस्त हुँदा हुँदै पनि केही समय निकालेर अभिनयमा लाग्छन्। 

आफू वास्तविक जीवनमा जो होइन, कलाकार बन्दा ती पात्र निभाउन पाउने हुँदा कलाकारितामा आफू रमाउने उनी बताउँछन्।

विजय लामाका अनुसार, नेपालको सिस्टम राम्रो छ । तर, केही मानिसले यो सिस्टमलाई गलत तरिकाले प्रयोग गरिरहेका छन्। 

नेपालमा शासन गरिरहेका गलत सोंच भएका ५ प्रतिशत व्यक्तिले देश बिगारेका छन्। त्यस्तै, नेपालमा राष्ट्रियताको कुरामा, नेपालीपनको स्वामित्वमा नेपालीहरु अडिग नभएकोले गलत सोंच भएका व्यक्तिले देश बिगार्ने मौका पाएको उनी बताउँछन्।

विजय लामा भन्छन् कि, नेपालको एयरपोर्ट सुरक्षित छ।  नेपालमा पर्यटन विकास गर्न सक्यो भने देश समृद्ध बन्छ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »