एनआरएन भेला : मन्त्री अधिकारीले भने, नेपाली कहिलै भूतपूर्व हुँदैनन्

३ अषाढ २०७५

banner

अमेरिका । सानफ्रान्सिस्कोमा आजदेखि एनआरएन केन्द्र आइसीसी को पहल र एनआरएन अमेरिकाको सहभागीतामा पहिलो पटक क्षेत्रिय स्तरको विज्ञ भेला सुरु भएको छ। 

भेला उद्घाटन समारोहमा सहभागी हुन अमेरिका पुगेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीले अमेरिकमा नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाली कहिलै भूतपुर्व नहुने बताएका छन्। 

उनले संबोधनका क्रममा भने, हामी जहाँ भएपनि नेपाली हौँ। देश बनाउनका लागि गैरआवासीय नेपालीको सहयोग अपरिहार्य छ, त्यसैले नेपालमा बस्ने र विदेशमा बस्ने सबै नेपाली मिलेर देश निर्माणमा हातेमालो गर्नु पर्छ। 

कार्यक्रमको फेसबुक लाइभ हेर्नुहोस्

एकपटको नेपाली सधैको नेपाली नारासहित एनआरएनले दोहोरो नागरिकताको माग गरेपछि वर्तमान सरकारका मन्त्री लालबाबु पण्डितले त्यसको विरोध गर्दै आएका थिए। यसबारेमा अमेरिका पुगेका मन्त्री अधिकारीलाई सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।  

भेलमा नेपालका बरीष्ठ पदाधिकारी तथा अमेरिका, क्यानडा तथा ब्राजिलमा कार्यरत नेपाली विज्ञहरुले नेपालको लागि उपयोगी हुने कार्यपत्रहरु प्रस्तूत गरेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »