अजिंगरले आमालाई जिउँदै निलेपछि छोराहरुले यसरी निकाले (हेर्नुहोस् भिडियो)

३ अषाढ २०७५
banner

रोचक। सर्पले मानिसलाई टोक्नु साधारण कुरा हो । विषालु सर्पले टोकेपछि मानिसको उपचार समयमै हुन नपाएका कारण उसको मृत्यु भएको समाचार हामीले सु्न्दै र पढेकै आएका छौं । तर   इण्डोनेसियाको दक्षिणपूर्वी सुलावेसीमा निकै आश्चर्यजनक घटना भएको छ । खेतीको कामका लागि घरबाट निस्केकी एक महिलालाई एउटा अजिंगरले जिउँदै निलेको छ । लामो समयसम्म महिला घर नफर्केपछि परिवारले उनको खोजी सुरु गरे । 

घटना १४ जूनको भएको बताइएको छ । अजिंगरको आक्रमणको शिकार भएकी महिलाको नाम ‘वा टिबा’ भएको बताइएको छ । उनी लामो समयसम्म घर नपुगेपछि उनका परिवार चिन्तित भए । भोलिपल्ट उज्यालो हुनासाथ खोजी सुरु गरियो । केही बेरमै टीबाको चप्पल, कोदालो र टर्च झाडीमा भेटियो । तर यसपछि जे भयो त्यो निकै डरलाग्दो थियो । 

टीबाका छोराछोरीले देखे कि त्यहाँबाट थोरै दूरीमा एउटा विशाल अजिंगर थियो जसको पेट निकै फुलेको थियो । अजिंगलरले सबैभन्दा पहिले महिलाको टाउकोमा आक्रमण गर्यो र खायो । पूरै महिलालाई निलेका कारण ऊ आफ्नो साधारण गतिमा पनि हिँड्न सकिरहेको थिएन । यस्तो देखेपछि त्यहाँ भएका सबै निकै डराए । बिहान ९ बजेसम्म त्यहाँ सयौं मानिसहरु जम्मा भए । 

त्यहाँ जम्मा भएका मानिसहरुले अजिंगरलाई मारेर उसको पेट चिरे । अजिंगरले सबैभन्दा पहिले महिलाको टाउको खाएको थियो जसका कारण उनको टाउको अजिंगरको तल्लो भागमा भेटियो । महिलाको पूरा शरीर कपडासमेत अजिंगरभित्र भेटियो । अजिंगरको लम्बाइ करिब २७ फिट भएको बताइएको छ । महिलालाई भने जीवित निकाल्न नसकिएको बताइएको छ ।

हेर्नुहोस्  महिलालाई अजिंगरको पेटबाट बाहिर निकाल्दै गर्दाको भिडियो:

 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।