ट्राफिक जामबाट दिक्क भएका इन्जिनियरले पत्ता लगाए सजिलो सबारी, भिडियो-फोटो भाइरल

३ अषाढ २०७५

banner

रोचक । काठमाडौंका बासिन्दाहरु यहाँको ट्रफिक जामबाट दिक्क भएका छन् । यहाँको ट्राफिक जामले साच्चै सबैलाई दिक्क बनाएको छ । आफूले चाहेको ठाउँमा समयमा पुग्न नसक्दा यहाँका मानिसहरु ट्राफिक जामका कारण वाक्कदिक्क भएका हुन् । ट्राफिक जामका बारेमा सर्वसाधारणले जति नै बिरोध गरे पनि सम्बन्धित निकायसँग यसको उचित समाधान छैन । 

यस्तै भारतका एक नागरिकले ट्राफिक जामबाट आजित भएपछि अनौठौ बाहानको साहारा लिएको भिडियो र फोटो अहिले सामाजिक संजाल तथा मिडियामा भइरल भएको छ। 

'औपचारिक पोसाक, काँधमा ल्यापटप ब्याग र घोंडामाथि सवारी' । रुपेश कुमार वर्मा नाम गरेका सफ्टवेयर इन्जिनीयर यस्तो हाउभाउमा कार्यालय पुगे ।  

तस्वीरमा देखिएको सेतो घोंडामाथि सवार व्यक्तिको साथमा एउटा प्लेकार्ड पनि छ । जसमा लेखिएको छ - लास्ट वर्किङ डे इज ए सफ्टवेयर इन्जिनियर। अर्थात् सफ्टवेयर इन्जिनियरको पदमा काम गरेको अन्तिम दिन ।

आफूले वर्षौ सम्म काम गरेको अफिसको अन्तिम दिनमा अरु कर्मचारीलै अरुनै तरिका अपनाएर यसलाई सम्झना योग्य बनाउने गर्छन् ।  तर वर्माको यो नयाँ तरिकालाई अहिले सामाजिक संजाल प्रयोग कर्ताहरुले सेयर गरिरहेका छन् र उनको स्टन्ट भाइरल भएको छ ।

न्यूज १८ संग कुरा गर्दै वर्मा भन्छन् - म बैंगलुरुमा बिगत आठ वर्षदेखि बस्दै आएको छु र वायु प्रदुशण तथा ट्राफिक जामले दिक्क भएको छु ।  बेंगलुरु मा चाहिने भन्दा बढी भीड छ । बाटोमा गाडिहरु आवश्क भन्दा बढी गुड्छन्। जसका कारण हरेक दिन जामको सामना गर्नु परिरहेो छ। 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष