एनआरएनए फ्रान्सद्वारा आयोजित स्पोर्ट-डे २०१८ सम्पन्न

५ अषाढ २०७५

banner

प्रकाश सापकोटा

फ्रान्स । एनआरएनए फ्रान्सद्वारा आयोजित स्पोर्ट डे २०१८ सम्पन्न भएको छ।

एनआरएनए फ्रान्सले खेलकुदको माध्यमबाट फ्रान्सका युवा वर्ग र महिला तथा बालबालिकाहरुलाई मनोरञ्जनका साथै भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष सञ्चालन गर्दै आएको मैन्त्रीत्रीपूर्ण खुल्ला खेल प्रतियोगिता सम्पन्न भएको छ।

गत आइतबार १७  जुन २०१८ को दिन पेरिस शहरको नजिकैको (Parc Interdépartemental des Sports 93200 Saint-Denis France) ग्राउण्डमा भव्यताका साथ सम्पन्न भएको हो।

कार्यक्रमको एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले भलिबल हानेर उद्घाटन गरेका हुन्।

विशेषतया युवा पुरुषको लागि भलिबल प्रतियोगिता र महिलाहरूका लागि तातोआलु खेल, बालबालिकाहरूको लागि चम्चा मिठाई दौड़, बोरा दौड़, खेलहरू आयोजना गरिएको थियो।

खुल्ला भलिबल प्रतियोगितामा पाँच टिमहरू सहभागी भएका थिए। एनआरएनए फ्रान्स, तमु समाज फ्रान्स, म्याग्दी समाज फ्रान्स (मोना), मगर समाज फ्रान्स र नेपाली एकता समाज फ्रान्स गरी पाँच टिमहरु सहभागी भएका थिए।

खेल समाप्तीपछि प्रमुख अतिथि नेपाली राजदूतवास पेरिस फ्रान्सका नियोग उप–प्रमुख लेखनाथ भट्टराई, संघका अध्यक्ष एक बहादुर मल्ल, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष भक्त वाग्ले, उपस्थित अन्य संघ संस्थाहरुका अध्यक्षहरूले विजयी खेलाडीहरूलाई नगद, ट्रफी, सिल र प्रमाण पत्र वितरण गरेका थिए।

भलिबलमा प्रथम स्थान हासिल गर्ने म्याग्दी समाज फ्रान्स(मोना) हो । जसलाई ८००€ नगद, ट्रफी, मेडल र प्रमाण प्रत्र प्रदान गरिएको थियो।
त्यस्तै तमु समाज फ्रान्सले दोश्रो स्थान हासिल गरेको थियो। जसलाई नगद ५००€ ट्रफी, मेडल र प्रमाण पत्र पदान गरिएको थियो।

त्यस्तै तेस्रो हुनेमा मगर समाज फ्रान्स रहेको छ। जसलाई मेडल र प्रमाण प्रत्र मात्र प्रदान गरिएको छ। उत्कृष्ट खेलाडी पुरस्कार भने एनआरएनए फ्रान्सका प्रविन रसाइलीलार्इ १०१€ नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको हो।

त्यस्तै रेफ्रीहरु मिलन गुरूङ, अनिल थापा, रेग पुन, सुन्दर पुन, सुनिल क्षेत्री, साथै लाईन्स मेनमा सहयोग गर्ने सबैलाई प्रमाण–पत्र प्रदान गरी सम्मान गरिएको एनआरएनए फ्रान्सका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

संस्थाका अध्यक्ष एक बहादुर मल्लले उक्त कार्यक्रममा सहयोग गर्ने प्रायोजकहरु, सम्पूर्ण स्वयम सेवकहरू, खेलाडीहरू, अन्य संघसंस्थाहरू, सहकर्मी साथीहरू कार्यक्रम संयोजक टिम सबैलाई धन्यबाद दिएका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »