
उदयपुर । एक वृद्ध महिलालाई डोरीले बाँधेर कुटपिट गर्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।
ती महिलाले उनकै परिवारले कुटपिट गरेको बताइएको छ। छोरीले समेत ती महिलामाथि लात हान्न पछि हटेकी छैनिन्। नराम्रोसँग कुटपिट गरेपछि ती महिलालाई भुँइमा घिसार्दै गरेको भिडियोमा देख्न सकिन्छ।
यो घटना भारतको बडोदरा जिल्लास्थित उदयपुर भन्ने स्थानको हो। ५२ सेकेण्डको उक्त भिडियोमा एक व्यक्तिले महिलालाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन्।
उनको नजिकै एक बच्ची समेत उभिएकी छिन्। केही बेरमै ती पुरुषले महिलालाई नराम्रोसँग कुटपिट गरेका छन्। यसबीचमा त्यहाँ एक महिला पनि आउछिन्। जो पीडित महिलाकी छोरी हुन्। ती छोरीले पनि आमालाई नराम्रोसँग कुटपिट गरेको देख्न सकिन्छ। त्यसरी पनि चित्त नबुझेपछि उनले आमालाई थप्पड हानेर भुइँमा घिसार्ने प्रयास गर्छिन्। भिडियोमा महिलाको अनुहार पनि स्पष्ट देखिएको छैन्।
रिर्पोटका अनुसार यो भिडियो एक दुई दिन पुरानो हो। पिटाइ खाने ती वृद्ध महिला मानसिक रुपमा अस्वस्थ रहेको अनुमान गरिएको छ।