स्थापनाको १२९ वर्षपछि नयाँ स्वरुपमा वीर अस्पताल(फोटोफिचर)

१० अषाढ २०७५

banner

काठमाडौँ। मुलुककै सबैभन्दा जेठो वीर अस्पतालको स्वरुप अहिले फेरिएको छ। गत बैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पताल सफाई अभियान सुरुवात गरेकी थिइन्।

यसलाई सरसफाईको क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएको खेम क्लिनर्स र सामाजिक अभियानता धुर्मुश–सुन्तलीले साथ दिएका थिए। ४४ दिनपछि अहिले वीर अस्पताल सफाई अभियानले पूर्णता पाएको छ।
 

 

 

राजधानीको निकै व्यस्त क्षेत्रमा अवस्थित वीर अस्पताल यसअघि निकै दुर्गन्धित थियो। मुलुकै जेठो र ऐतिहासिक वीर अस्पताल दिनानुदिन दुर्गन्धित र जीर्ण बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको पहल र विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा सफाई अभियान सुरु गरिएको ४४ दिनपछि सफाई अभियानले पूर्णता पाएको छ र वीर अस्पतालले पनि नयाँ स्वरुप पाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »