आकाशे पानीको भल छोप्दै बोडेमा धान रोपाईँ (फोटोफिचर)

११ अषाढ २०७५

banner

शब्द/चित्रः आर्यन धिमाल

काठमाडौँ। मनसुन सक्रिय भएसँगै मुलुकभर रोपाईँको चटारो सुरु भएको छ। त्यसो त औपाचारिक रुपमा असार १५ पछि रोपाईँ सुरु हुने भएपनि आकाशे पानीको भर पर्नुपर्ने ठाउँमा भने रोपाईँ सुरु भइसकेको छ। 

राजधानीमा खेती योग्य जमिन मासिँदै गएपनि केही ठाउँमा बचेको जमिनमा रोपाईँ सुरु भएको छ। आज हामीले भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको बोडेमा भइरहको रोपाईँको चित्र उतारेका छौँ। 

 

 

घना नेवार बस्ती रहेको बोडेमा आइतबार आकाशे पानी परेसँगै रोपाईँको चटारो देखिन्थ्यो। राजधानीमा रोपाईँ एकादेशको कथा हुन लागेको अवस्थामा बोडेको रोपाईँ आकर्षणको केन्द्र देखिन्थ्यो। 

शहरिया युवापुस्ताको कृषि पेशाप्रति मोह भङ्ग हुँदै गएको रुपमा यो रोपाईँलाई लिन सकिन्थ्यो। एक त राजधानीमा खेती योग्य जमिनको कमी छँदैछ त्यसमा पनि भएको जमिनमा पनि स्थानीय आफैँ रोपाई गर्न अग्रसर देखिएनन्। 

 

 

बरु उनीहरु रोपाईँको रमिते भएर बसे। रोपाईँ गर्न उनीहरुले सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लाबाट आएर त्यहाँ बसोबास गरिरहेका मजदुरलाई रोपाईँ गर्न लगाएका थिए। 

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपनि शहर केन्द्रित ठाउँमा जग्गा धनीको कृषिप्रतिको रुची भने घट्दो देखिएको छ। हेरौँ रोपाईँका केही दृष्यः–


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष