'सगुनका बेलायत संयोजक युवराज सेढाइसँग कुरा गर्दै हरि बुढा मगरले भन्नुभयो'

१२ अषाढ २०७५

banner

सगुनका बेलायत संयोजक युवराज सेढाइसँग कुरा गर्दै हरि बुढा मगरले भन्नुभयो - म २०१० मा अफगनिस्तानको युद्धमा दुवै खुट्टा गुमाएको वीर गोर्खालीको छोरा हुँ । तपाईहरुको माया, हौसला र सहयोगको कारणले आज मैले सगरमाथा चढेर विश्वमा नयाँ कृति राख्ने अठोट लिन सकेको छु । अनि यसको लागि तयारी पनि गर्दै छु र यो असीम माया अनि हौसला दिनुभएकोमा मुरीमुरी धन्यवाद छ ।

आज तपाइँ हाम्रो बीचमा सगुन पनि एउटा विशाल उद्देश्य लिएर अघि बढिरहेको छ । यो एउटा नेपालीले अमेरिकामा थालनी गरेको आइटी कम्पनी हो । आज मैले पनि सगुनको शेयर खरिद गरेर यो महान उद्देश्यमा जोडिने अवसर प्राप्त गरेकोमा म असाध्यै गौरवान्वित छु ।

इतिहास साक्षी छ, हाम्रा वीर पुर्खाहरुले  विश्वलाई वीरताको चिनो दिन सफल हुनुभयो र आज हामी गर्वका साथ शीर ठाडो पारेर संसारमा हिँड्न सफल छौं । त्यसैगरी अबको यो आइटीको जमानामा देश विदेशमा रहेका विद्वान र साहसी नेपालीहरुले पक्कै पनि यो क्षेत्रमा पनि संसारलाई जित्न सफल हुन्छन् भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

संसारमा सबैभन्दा ठूलो कुरा विश्वास हो । त्यसैले हामी सबैले यो प्रोजेक्टमा आफ्नो आफ्नो हैसियतले शेयर खरिद गरी हाम्रो भावी सन्ततीलाई हामीमाथि गर्व गर्ने उदाहरण बनौं । यो प्रोजेक्ट यति ठूलो हुन सक्छ कि हामी सम्पूर्ण नेपालीको भविष्य सुन्दर र चमत्कारी बन्न सक्छ।
सगुनको शेयर खरिद गर्न अत्यन्त सजिलो छ । मैले आफै www.sagoon.com मा गएर शेयर खरिद गर्न सफल भएँ । तपाइँहरु पनि ढिला नगरी सगुनको शेयर खरिद गरी यो अभियानलाई साथ दिनुहुन्छ भन्ने मैले पूर्ण विश्वास लिएको छु्।

धन्यवाद ।

को हुन् हरि बुढा मगर  ? छोटो परिचय

दुवै गोडा नभएर पनि सगरमाथा आरोहणको प्रयास गर्ने संसारकै पहिलो व्यक्ति हुन् हरि बुढा मगर ।

हरिको जन्म सन् १९७९ मा पश्चिम नेपालको रोल्पा जिल्लाको विकट पहाडी गाउँ मिरुलको एक किसान परिवारमा भएको थियो । उनले अध्ययन गरेको  प्राथमिक स्कुलसम्म पुग्न उनको गाउँबाट ४५ मिनेट हिँड्नु पर्थ्यो । स्कुलका धेरैजसो विद्यार्थीहरुजस्तै हरिले पनि आफ्नो दैनिक यात्रा खाली खुट्टा गर्नु पर्थ्यो  । माध्यमिक स्तरको स्कुलसम्म पुग्न उनलाई गाउँबाट एक दिन हिँड्नु पर्थ्यो  । हरिले आफ्नो कलेज जीवन रोल्पा जिल्लाको सदरमुकामबाट सुरु गरे ।

१९ वर्षको उमेरमा कलेजमा अध्ययन गर्दै गर्दा हरी ब्रिटिश आर्मीमा भर्ना भए । उनले रोयल गोर्खा राइफलका लागि १५ वर्षसम्म काम गरे । द रोयल गोर्खा राइफल्स २०० वर्ष भन्दा अगाडिदेखि ब्रिटिश आर्मीको एक असाधारण अंग रहँदै आएको छ । यसलाई विश्वको सबैभन्दा समर्पित र साहसिक योद्धाहरुको रुपमा सम्मान गर्ने गरिएको छ । प्रत्येक वर्ष हजारौं नेपाली युवाहरु गोर्खा सेनामा भर्ती हुन प्रयास गर्छन् । हरिले भर्ना पाएको वर्षमा १४७ जना युवाले गोर्खा सेनामा भर्ती हुने मौका पाएका थिए ।

उनको सेवा अवधिमा, हरिले विश्वका धेरै राष्ट्रहरु र युद्धहरुमा काम गरेका छन् । दुवै गोडाको घुँडा मुनिको भाग गुमाएका यी गोर्खा सैनिक बेलायतका राजकुमार ह्यारीसँगै अफगानिस्तानको युद्धमा सहभागी थिए । सन २०१० को अप्रिल महिनामा अफगानिस्तानमा कार्यरत रहँदा इम्प्रोभाइस्ड एक्सप्लोसिभ डिभाइस विष्फोट हुँदा हरिले आफ्ना दुवै गोडाको घुँडा मुनिको भाग गुमाउनु पर्यो । उक्त विस्फोटमा हरि नराम्रोसँग घाइते भए । उक्त घटनाले अहिले पनि हरिमा स्ट्रेस पैदा गरिरहेको छ । 

हरिले बेथलन, रक क्लाइम्बिङ कक्षा, कायाकिङ र स्की जस्ता कलाको अध्ययन तथा तालिम लिइसकेका छन् भने उनी स्कीडाइभर हुन् । अफगानिस्तानमा उनीसँगै एउटै ब्रिगेडमा काम गर्दा उनले राजकुमार ह्यारीलाई कैयौं पटक भेटेका छन् । पहिलो विश्व युद्धमा अंगभंग भएका योद्धाहरुद्वारा स्थापित सेवा अवधिमा अंगभंग भएका पुरुष तथा महिला योद्धाहरु, उनीहरुका विधवा र उनीहरुका आश्रितको लागि स्थापना गरिएको च्यारिटी ब्लेशमा नामक संस्थाका सदस्य हुन् हरि ।

अझै पनि हरि भन्छन् ‘म एउटा सिपाही हुँ जसलाई युद्धका लागि प्रशिक्षित गरिएको छ । विगतमा दुश्मनसँग लड्ने म आज यो घाउसँग लड्दै छु । मेरो मानसिक स्वास्थ्यलाई पुनर्स्थापना गर्न म संघर्ष गर्दै छु । म मेरो जीवन अरुलाई प्रोत्साहित गर्दै, नयाँ कलाकौशलहरु सिक्दै, आफ्नो शरीर जुन हालमा छ यसमा विश्वस्त तरिकाले भर पर्दै पूर्ण रुपले व्यतित गर्ने छु । यो मैले सधैं गरेको कार्य हो । म मेरो छोराहरु, श्रीमती र परिवार प्रति ऋणी छु । म मेरो समुदाय प्रति ऋणी छु । मैले सँगै काम गरेका मानिसहरु प्रति ऋणी छु । म अझै पनि हरि हुँ ।’

हरिलाई आफूले जोखिम लिन खोजेको कामको बारेमा पूर्ण जानकारी छ । उनको परिवारलाई पनि यो थाहा छ । उनलाई सगरमाथाको चुनौतीहरु थाहा छ र सगरमाथा चढ्ने कार्य प्रत्येक पाइलामा संघर्षपूर्ण हुनेछ भन्ने पनि थाहा छ । उनलाई थाहा छ उनका अरु अंगहरु पनि चिसो हिउँका कारण त्याग्नु पर्ने हुने छ । उनको बाँकी जीवन कुर्सीमा बसेर खेर जान पनि सक्छ वा उनी नफर्किन पनि सक्छन् । तर हरि भन्छन् ‘यो मेरो सपना हो र मलाई विश्वास छ उपयुक्त सहयोग र समर्थनमा यो संभव छ ।’

हरि बुढा मगरलाई हामी सबैको शुभकामना छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »