पुनर्निमाणपछि यस्तो देखियो १ सय १० वर्ष पुरानो गद्दी बैठक (फोटोफिचर)

१३ अषाढ २०७५
banner

सबै तस्विरः आर्यन धिमाल

काठमाडौँ। भूकम्पले क्षति पुर्‍याएको बसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण सम्पन्न भएको छ। नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्वको १ सय १० वर्ष पुरानो गद्दी बैठक अमेरिकी सरकारको ७ लाख अनुदान सहयोगमा पुनर्निर्माण कार्य सम्पन्न गरिएको हो।

रेट्रोफिटिङ गरेर पुनर्निर्माण गरिएको गद्दी बैठकको बुधबार बसन्तपुरमा एक कार्यक्रमको आयोजना गरि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे। विक्रम संवत १९६५ मा राजा पृथ्वीविक्रम शाहको पालामा सो गद्दी बैठक निर्माण गरिएको थियो। त्यसलाई पुनर्निर्माण गरेर पूरानै स्वरुप कायम गरिएको हो।

 

 

त्यस अवसरमा प्रधानमन्त्री ओलीले गद्दी बैठक पुनर्निर्माण गर्न सहयोग गर्ने अमेरिकी सरकार तथा देश भित्रका सबै संघ, संस्थाहरुलाई धन्यवाद व्यक्त गरे। उनले सरकारले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिएको पनि स्पष्ट पारे।

नेपालका लागि अमेरिकी कार्यबहाक राजदुत पिटर मालनाकले अमेरिकाले विश्व सम्पदाहरुको पुनर्निर्माण गर्ने अभियान अन्तरगत भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठक पुननिर्माणमा आर्थिक सहायता उपलब्ध गराएको स्पष्ट पारे। उनले अमेरिकाले नेपालको पुनर्निर्माणको काममा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। झण्डै डेढ वर्ष लगाएर पुनर्निर्माण गरिएको यो गद्दी बैठक २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको थियो।

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।