निबन्धकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ विमोचन

१५ अषाढ २०७५

banner

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘औंला–औंलामा अस्ट्रेलिया’ को विमोचन सम्पन्न भएको छ।

शताब्दी पुरुष सत्यमोहन जोशीले कृति विमोचन गर्दै नेपाली निबन्ध र नियात्रामा नयाँघरेले उल्लेखनीय योगदान पुर्याएको बताए।

जोशीले भने, ‘यो कृतिले अस्ट्रेलियाली आदिवासीबारे निकै राम्रोसँग बताएको छ ।’

समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा राख्दै भने, ‘नयाँघरेको आफ्नोपन र खुबी यहाँ पोखिएको छ’। ‘नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिन्छ।’ उनले भने।

‘नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक हुन्।’ साहित्यकार कृष्ण धराबासी भने, ‘नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले अस्ट्रेलियालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको छ।’

कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताए। उनले भने, ‘अस्ट्रेलियामा जाने र आउनेहरुको विशेष अनुभूति यहाँ लिपिबद्ध छ।’

निबन्धकार मणि लोहनी, रत्न पुस्तक भण्डारका प्रबन्धक सुरेश श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको सो समारोह निकै भव्य थियो।

नयाँघरेका १५ वटा कृतिमा यस अघि ६ वटा नियात्रा कृति आइसकेका छन्। 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »