गीत - 'खुशी कतै छुटेछ' - विजय शिवाकोटी

१६ अषाढ २०७५

banner

         गीत

लाग्छ कतै जिन्दगीमा  
जिन्दगी नै छुटेछ
कत्ति पनि पत्तै नदिई
त्यो साथ यसै बितेछ

अझै छन यादहरुमा ती हाँसो ती मुस्कानहरु  
कहाँ होलान् मलाई हेरी टोलाउने नयनहरु  
हाँसेकै छु तर लाग्छ
खुशी कतै छुटेछ

हिड्दा हिड्दै पाइलाहरु कहिले आँफै रोकिन्छन्
सायद हरेक मोडमा सम्झनाहरु भेटिन्छन्
तिमी कता म कता
यात्रा बेग्लै भएछ     

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »