भानुजयन्तीलाई नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने

१६ अषाढ २०७५

banner

सुरेन उप्रेती। लगभग डेड दशक अगाडिको कुरा हो। संसारभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा जोड्ने सोचका साथ एउटा संस्थाको जन्म भयो। त्यो संस्थाको नाम हो गैह्रआवासीय नेपाली संघ।

विदेशमा बस्ने नेपालीहरुलाई एक जुट गराउन नेपाल भित्र र बाहिर उनीहरुको हितलाई प्रबर्धन गर्ने र नेपालको हितमा उनीहरुको योगदान गर्न एक गैह्र नाफामुलक सामाजिक संस्थाको रुपमा संघको मुख्य उद्देश्य रहनेछ। यो संस्थाका मुख्य उद्देश्यहरु मध्ये निम्न बुँदाहरुलाई आज यस लेखमा समेटिएको छ।

संसारका नेपाली संघ संगठनहरुसँग समन्वय कायम गर्ने एवं विश्व संजाल स्थापना गरी गैह्रआवासीय नेपालीहरुको साझा संस्थाका रुपमा तीनको प्रतिनिधित्व गर्ने। विदेशी मुलुकमा नेपाली संस्कृति र पर्यटनको प्रवर्धन गर्ने। यसै अनुरुप आज संसारका ७८ देशहरुमा गैह्रआवासीय नेपाली संघले संजाल विस्तार गरी सकेको छ।

संजालको विस्तारसंगै नेपाली संस्कृतिको प्रवर्धन गर्ने मुख्य कडीको रुपमा रहेको नेपाली भाषा र साहित्यलाई विश्व सामू परिचित गर्नका लागि एनआरएनए आइसिसिले यूरोपका क्षेत्रीय सह–निर्देशक गोविन्द प्रसाद गौतमको संयोजकत्वमा भाषा र साहित्य उपसमिति २०१७–२०१९ गठन गरेको थियो।

सबै महादेशहरुलाई समेटेर बनाउन प्रयास गरिएको यस सब कमिटीमा छ जना क्षेत्रीय सह–संयोजकहरु। उन्नाइस जना सदस्यहरु र पाँच जना सल्लाहकारहरु रहेका छन्।

संयोजक गोविन्द प्रसाद गौतम (रुस)

सह–संयोजकहरु

१. डा. श्री लेखनाथ काफ्ले, ताइवान (एशिया प्यासिफिक)

२. डा. श्री गोविन्द सिं रावत, क्यानडा, (नर्थ अमेरिकां)

३. श्री महेन्द्र कडेल, यूके (यूरोप)

४. श्री निश्प्रव साजी, अष्ट्रेलिया (ओशियाना)

५. भगवती बस्नेत, इजरायल

६. रमेश कडेल, अफ्रिका (युगाण्डा)

सदस्यहरुमा निलम कार्की यूएसए, प्रकाश पौडेल जापान ,सुरेन उप्रेती क्यानडा, कमला प्रसाई यूएसए, रामकृष्ण शर्मा अष्ट्रेलिया, डा. मन मूर्ति भुर्तेल रुष, गोविन्द राम कडेल स्कटल्याण्ड, विमल गिरी वेल्जियम, अमित राई कुवेत, फडिन्द्र भट्टराई यूके, शिव चापागाई डेनमार्क, सर्वज्ञ वाग्ले यूएसए, गणेश घिमिरे अष्ट्रेलिया, विष्णु रिजाल स्पेन, महेश्वर पन्त यूएसए, इश्वरी भट्ट यूएसए, सीताराम घिमिरे अष्ट्रेलिया अर्चना गुरुङ अष्ट्रेलिया ओमार गुरुङ स्पेन रहेका छन्। त्यस्तै गरी सल्लाहकारहरुमा गंगा उप्रेती कुलपति प्रज्ञाप्रतिष्टान नेपाल

श्री जीवा लामिछाने पूर्व अध्यक्ष एनआरएनए आइसिसी

श्री हिक्मत थापा कोषाध्यक्ष एनआरएनए आइसिसी

श्री रमेश पौडेल रेडियो नेपाल

श्र कृष्णधारावासी साहित्यकार यूएसए

यस भाषा र साहित्यक उपसमितिको प्रथम बैठकले भाषा र साहित्यलाई संसार समक्ष परिचित गराउने विविध निर्णयहरु गरेको छ।

भानुजयन्तीलाई नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने निर्णय एक हो। यो निर्णयलाई आइसले अनुमोदन गरी ७८ वटै देशका एनआरएनए एनसिसिहरुलाई यही आषाड २९।

२०७५ सालदेखि भानुजयन्तीलाई नेपाली भाषा र साहित्य दिवस मनाउनका लागि पत्राचार गरी सकेको छ। एनआरएनका महासचिव डा.बद्री केसीले हरेक देशका र स्थानका स्थानीय साहित्यक र सामाजिक संघ संस्थाहरुसँग समन्वय गरी नेपाली भाषालाई विश्वव्यापीकरण गर्नका लागि पत्राचार गरिएको कुरा जानकारी गराए।

भाषा र साहित्य उपसमितिका संयोजक श्री गोविन्द प्रसाद गौतमले यही जुलाई २२ मा रसियामा भानुजयन्तीलाई नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउन लागेको र अन्य यूरोपियन देशहरुमा पनि सोही अनुसारका कार्यक्रमहरु हुने समाचार प्राप्त भएको बताए।

भानुभक्तले नै लोपोन्मुख अवस्थामा रहेको नेपाली भाषालाई मलजल गरी जगाउने काम गरेको हुनाले यस दिनलाई नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउँदा आदि कविप्रति श्रद्धा र संमान हुने बताए।

संसारलाई नेपाल र नेपालीहरुको भाषा र साहित्यको परिचय गराउने यो उत्तम अबशर हो संयोजक श्री गौतमले भन्नु भयो। भानु जयन्तीलाई नेपाली भाषा र साहित्य दिवशको रुपमा मनाउनु भनेको नेपाली भाषा साहित्य र संस्कृतिको प्रवर्धनमा योगदान पुर्याउनु हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष