गजल– ‘त्रिशुलीमा मदन फालिएको देश हो गोविन्द केसी’– संजीब कुमार पटेल

१७ अषाढ २०७५

banner

हुन त देश राजा मारिएको देश हो गोविन्द केसी
त्रिशुलीमा मदन फालिएको देश हो गोविन्द केसी।

हजारौं पटक अनशन बस्नुस केहि फरक पर्दैन।
नेताबाट जनता उजाडिएको देश हो गोविन्द केसी

परिवर्तन ल्याउन सजिलो कहाँ छ र ? यो देशमा
सत्तामा अपराधी मासिएको देश हो गोविन्द केसी।

बरू तपाईं पनि लुट्नुस, मालामाल हुनुस एकैछिनमा
लुट्नलाई सत्तामा राखिएको देश हो गोविन्द केसी।

तपाई चुपचाप भएर बस्नु सरकार सुतिरहेको बेला
निमुखालाई जहिल्यै ढाटिएको देश हो गोविन्द केसी ।।

ठेगाना–सर्लाही, नेपाल 
हाल : मलेसिया

Leave a reply

HTML Tags are not supported

Post My Comment »