युरोप अमेरिका र खाडीका एनआरएनएबीच कुनै असमानता छैन ! भ्रममा नपरौं : सचिव डिबी क्षेत्री

१७ अषाढ २०७५
banner

मस्कट, ओमन । गैर आवसीय नेपाली संघ (एनआरनए) का केन्द्रिय सचिव डिबी क्षेत्रीले युरोप अमेरिकामा रहेका एनआरएनए र खाडी क्षेत्र लगायत मध्य पूर्वमा रहेका एनआरएनएबीच कुनै फरक नभएको बताएका छन्।

ओमनको मस्कटमा व्यवसाय गर्दै आएका क्षेत्री २००९ बाट एनआरएनए गतिविधिमा संग्लन भएका क्षेत्री एनसिसि ओमनको अध्यक्ष, मध्य पूर्व संयोजक हुँदै गत अक्टोबरमा सम्पन्न सम्मेलनबाट केन्द्रिय सचिवमा निर्वाचित भएका हुन्।

एनआरएनएको समसामयिक विषयमा डिसी नेपाल डटकमका ओमन संवाददाता विनेश खनालले गरेको अन्तर्वार्तामा सचिव क्षेत्रीले विश्वभर रहेका एनआरएनएहरु सबै एउटै दर्जाको भएको भन्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

उनले एनआरएनए जस्तो पवित्र सामाजिक संस्थाको बारेमा नराम्रो कुरा गर्ने केही व्यक्तिका आधारमा समाजमा यस्ता कुरा सुनिने भए पनि त्यसमा कुनै सत्यता नभएको बताए।

साथै सचिव क्षेत्रीले गैर आवासीय नेपाली संघ विशुद्ध गैरराजनीतिक संस्था भएकाले विदेशमा रहेका सबैलाई परोपकारी संस्था एनआरएनएमा जोडिन अनुरोध समेत गरेका छन्।

हेर्नुहोस् उनी संग डिसी नेपालका संवाददाताले गरेको कुराकानी :

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।