गजल– ‘सलाम मेस्सी तिमीलाई’– उज्ज्वल उजागर गौतम

१७ अषाढ २०७५

banner

उज्ज्वल उजागर गौतम

लाख थियौ तिमी, अब करोड बनी आउनु
अब आउँदा मेस्सी तिमी, कोच बनी आउनु

आशाको केन्द्रबिन्दु, हर खेलाडीको बनी
सीप सिकाउने भरिलो, बोट बनी आउनु

आफ्नो टिमको कमजोरी, सब पत्ता लगाइ
हर खेलाडीको तिमी, आत्मबोध बनी आउनु

कला सीप नयाँ पिढीलाई, हस्तान्तरण गर्दै
खेलाडीको खुट्टाको तिमी, जोश बनी आउनु

यो इखले त्यो प्रशिक्षण, तिम्रो यस्तो बनोस्
पुरै टिमको खुट्टामा, बारुद तोप बनी आउनु

हर तिम्रा फ्यानको मुटु, हिजो दुखेको छ
कोच बनी त्यो धैर्यतामै, आक्रोस बनी आउनु

Leave a reply

HTML Tags are not supported

Post My Comment »