नेपाल फोटो प्रतियोगिताः हेर्नुहोस् यस बर्षका उत्कृष्ट १९ फोटोहरु

२१ अषाढ २०७५

banner

काठमाडौं। फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा बाढीका कारण मृत्यु भएका पाँच वर्षिय बालकलाइ अभिभावकले कोशी नदिमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर घोषित भएको छ ।

यसैगरी दिपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने आईएमएस डेली लाइफ विधामा सुनिता डंगोलले बाजी मारिन् । त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जित्दा नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा #experiencenepal कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले बाजी मारे । त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो । 

आईएमएस डेली लाइफमा दुर्गा राना मगरको फोटो दोस्रो तथा केशव थापाको फोटो तेस्रो भयो । अर्घाखाची सिमेन्ट न्युज बिधामा संजोग मानन्धरको फोटो दोस्रो तथा स्कन्द गौतम तेस्रो भए । नेपाल टेलिकम नेचर एण्ड वाइल्ड लाइफमा उम्मिद शाक्यको फोटो उपविजेता बन्दा हेमन्त श्रेष्ठको फोटो तेस्रो भयो । 

#experiencenepal‘कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठको फोटो उपविजेता तथा अजय मानन्धरको फोटो तेस्रो भयो । डिसहोम एक्सन स्पोर्टसमा रविक उपाध्यायको फोटो दोस्रो तथा उज्वल चन्द्र बुद्धाचार्यको फोटो तेस्रो भयो । ‘शिखर इन्स्योरेन्स नेपाल स्माईलमा नरेन्द्र श्रेष्ठको फोटो दोस्रो तथा सुरज श्रेष्ठको फोटो तेस्रो भयो । त्यस्तै फोटो स्टोरीमा हेमन्त श्रेष्ठ कै फोटो उपविजेता तथा नरेन्द्र श्रेष्ठको फोटोहरु तेस्रो भयो । यी हुन् यस वर्षका उत्कृष्ट फोटोहरू - 

फोटो अफ द इयर

शिखर इन्स्योरेन्स नेपाल स्माइल पहिलो, दोस्रो र तेस्रो

आईएमएस डेली लाइफ पहिलो, दोस्रो र तेस्रो

अर्घाखाची सिमेन्ट न्युज पहिलो, दोस्रो र तेस्रो

नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफ पहिलो, दोस्रो र तेस्रो

#experiencenepal कल्चर एण्ड टुरिजम पहिलो, दोस्रो र तेस्रो

डिसहोम एक्सन स्पोर्टस पहिलो, दोस्रो र तेस्रो

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष