मोहित बनाउने इलामको सुन्दरता (फोटो/भिडियो)

२२ अषाढ २०७५
banner

काठमाडौँ। पहाडी जिल्ला इलाम नेपालको पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो। हालको इलाम जिल्ला नेपाल एकीकरण हुनु भन्दा अगाडि राई र लिम्बु जातिहरूको किराँत राज्य थियो।

त्यसमा पनि प्राचीन समयमा लिम्बु जातिहरूकै बाहुल्यता भएकाले इलाम जिल्लाको नामाकरण लिम्बु भाषाबाट भएको मानिन्छ। महाभारत र शिवालिक पर्वत श्रृंखलाको पूर्व दक्षिण काखमा अवस्थित नेपालको सुदूर पूर्वी पहाडी जिल्ला इलाम बास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ।

 

 

यहाँको चियाबारी, हरियाली, साना-ठूला नदी-नाला, पोखरी, मठ-मन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्त्व हुन। प्राकृतिक बरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवं पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिकरूपले धनी मानिन्छ।

साँस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध रहेको यो जिल्ला पहाडकी रानी, नगदेबालीको खानी जस्ता उपनामले चिनिन्छ। पहाडी जिल्ला भएकै कारण यहाँको मौसम गर्मीमा पनि चिसो हुने गर्दछ, जुन इलामको अर्को विशेषता हो। जहाँ आन्तरिक पर्यटकहरु गर्मी छल्न भनेरै भएपनि यहाँ घुम्न आउने गर्दछन्।

 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।