अनेसास बोस्टन च्याप्टरको विश्व स्तरीय नेपाली कविता तथा गजल प्रतियोगिता

२२ अषाढ २०७५

banner

बोस्टन अमेरिका । २०५ औँ भानुजयन्तीको अवसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टनले नेपाली कविता तथा गजल प्रतियोगिताको आयोजना गर्ने भएको छ। 

बोस्टन च्याप्टरले विश्वस्तरीय नेपाली छन्द कविता, नेपाली गद्य कविता र नेपाली गजलमा छुट्टाछुट्टै प्रतियोगिताको आयोजना गरेको हुँदा विश्वभरी छरिएर रहेका सम्पूर्ण इच्छुक महानुभावमा प्रतियोगिताका लागि रचना आव्हान गरिएको आयोजकले जनाएको छ। 

सूचनामा भनिएको छ - 'इच्छुक स्रष्टाले प्रतियोगिताका नियममा रही प्रीति फन्टमा टाइप गरी यही जुलाई महिनाको १५ तारिखभित्र तोकिएको ठेगानामा रचना पठाउनु हुन हार्दिक अनुरोध गरिन्छ'।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार पद्य कविता १, गद्य कविता १ र गजल १ सर्वोत्कृष्ट रचनालाई जनही २०० अमेरिकी डलर (२०,००० नेपाली रूपियाँ) प्रमाणपत्र र पदक दिईने छ। 

५ पद्य कविता, ५ गद्य कविता र ५ गजललाई पदक र प्रमाण-पत्र

 ५ गद्य कविता, ५ गद्य कविता र ५ गजल.१५ उत्कृष्ट रचनालाई अमेरिकाको बोस्टनबाट प्रकाशित हुने ‘ बोस्टन चौतारी’ साहित्यिक पत्रिकामा प्रकाशित गरिनेछ।


प्रतियोगिताका नियम : 

१) पद्य कविता र गद्य कविता १२५ शब्दमा नबढाई तथा गजल ८० शब्दमा नबढाई विशुद्ध नेपाली भाषामा लेखिएको हुनुपर्नेछ।
२) रचना पूर्णतस् मौलिक र कुनै पनि माध्यममा अप्रकाशित हुनुपर्नेछ।

३) रतिराग, श्रृंगारिक भाव (संभोग, विप्रलम्भ), भद्दा गाली वा अशिष्ट व्यंग्ययुक्त रचना अस्वीकृत हुनेछन्।
४) सामाजिक चेतना, मानवीय मूल्य र कलात्मक-अभिव्यन्जनात्मक शैली, शिल्प र भाव भएका रचनालाई उच्च प्राथमिकताका साथ मूल्याँकन गरिनेछ।

५) पद्य कविता र गजलमा शास्त्रीय नियमको हुबहु पालना भएको हुनुपर्नेछ । गद्य कवितामा प्रवाह, गतिमयता र भावको उत्तरोत्तर  क्रमिक श्रृंखलित  अन्तर्विकासको अपेक्षा गरिएको छ।   

६) कविता वा गजल प्रीति फन्टमा टाइप गरी निम्न ठेगानामा पठाउन अनुरोध गरिन्छ :-

lgsubedi@yahoo.com (लालगोपाल सुवेदी)

hkafle71@yahoo.com (हरिप्रसाद काफ्ले,शैव)

gpooja1970@gmail.com (गोबर्धन पूजा/राजेन्द्रप्र. श्रेष्ठ )

यम पौडेल

लालगोपाल सुवेदी (अध्यक्ष)
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टर

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष