गजल–‘जय नारी’–कविता तिम्सिना

२३ अषाढ २०७५

banner

बिहान चाँडै ढिकि जाँतो, बजाउने नारी नै हुन्
घर आँगन चुला चौका, सजाउने नारी नै हुन् ।

बाल्यकाल बिताएको, आँगनबाट अन्मिएर 
पराइसाथ गई त्यो घर, कजाउने नारी नै हुन् ।

बिना कसुर मुटु छेड्ने, वचन बर्सिदा नि
मुस्कुराउदै माफ मागी, लजाउने नारी नै हुन् ।

जन्म घर र कर्म घरको, सम्बन्ध राम्रो पार्न
दुःखहरु भुली सबलाई, हसाउने नारी नै हुन् ।

जत्ती सुकै कष्टकर, परिस्थिती आए पनि
समझदार भइ घरबार, बसाउने नारी नै हुन् ।


कविता तिम्सिना 
हलेसी तुवाचुङ न.पा.७ खोटाङ
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »