पर्सामा एक करोड रुपैयाँसहित एक जना पक्राउ

२४ अषाढ २०७५
banner

काठमाडौँ। प्रहरीले पर्साबाट हुन्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले एक करोडभन्दा बढी रुपैयाँसहित वीरगंजको रानीघाट–१२ बाट राहुल केसरीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार राहुल केसरी वीरगंजका व्यापारी हुन्।

प्रहरीले बताएअनुसार राहुल केसरीले आफू हुण्डी कारोबारमा संलग्न रहेको स्वीकारेका छन्। प्रहरीले अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जनाएको छ। तर ती व्यक्तिहरुको हुण्डी कारोबारमा संलग्नता छ या छैन भनी अनुसन्धान भइरहेको प्रर्सा प्रहरीले जनाएको छ।

 

ताजा भिडियो

होली खेल्नेबीचको लडाँइ, बनेपा । Holi Banepa l

लयमा लालबाबु, राेकिएन तालीकाे पर्रा ll Lalbabu Pandit ll

झापाबाटः प्रधानमन्त्री ओली र सरकारबारे दमकका मतदाताको घतलाग्दो र रोचक प्रतिकृया । PM KP Oli l

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।