यी हुन् एक करोडसहित पक्राउ परेका हुन्डी कारोबारी

२४ अषाढ २०७५
banner

काठमाडौँ। प्रहरीले आइतबार विहान पर्साबाट एक जनालाई हुन्डीको रकम सहित पक्राउ गरेको थियो। प्रहरीले २० वर्षीय राहुल केशरीलाई पक्राउ गरेको हो। उनी वीरगंजका व्यापारी हुन्।

हुन्डी कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले आइतबार केशरीको घरमा छापा मारेको थियो। प्रहरीले खोजतलासी गर्दा उनको घरबाट स्रोत खुल्न नसकेको १ करोड १५ लाख पाँच हजार एक सय पचास रुपैयाँ बरामद गरेको थियो।

साथै एक थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार केशरीलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, पुल्चोक ललितपुर पठाउने कार्य भई रहेको छ।

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।