अनेसास बोस्टनको आयोजनामा गजल प्रशिक्षण सम्पन्न

२४ अषाढ २०७५
banner

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनको आयोजनामा गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गत जुलाई ७ मा सम्पन्न उक्त गजल प्रशिक्षणको संयोजक अनेसास बोस्टनका पूर्व अध्यक्ष हरिप्रसाद काफ्लेले गरेका थिए।

कार्यक्रममा सँधैझैँ अध्यक्ष लालगोपाल सुवेदी, पूर्वअध्यक्ष हरि काफ्ले र वरिष्ठ उपाध्यक्ष यम पौडेलले ज़िम्मेवारीबोधसहित स्रष्टा, सम्मान, व्यानर तथा प्रमाणपत्रको व्यवस्था, अतिथि निमन्त्रण, जलपान लगायतको व्यवस्था गरेका थिए भने जसमा विजय शर्मा पौडेलले पनि सहयोग गरेका थिए।

उक्त अवससरमा अनेसास बोस्टनले वरिष्ठ साहित्यकार घनश्याम न्यौपाने परिश्रमीलाई ‘समसामयिक गजल महारथी’ सम्मानबाट सम्मानित गरेको थियो।

कार्यक्रममा डा परिश्रमीले विगत चार दशक लामो लेखन, प्राध्यापन र सिद्धानको पुनर्व्याख्याको दीर्घ अनुभवलाई प्रयोग गर्दै गजल लेखनबारे प्रशिक्षण समेत दिएका थिए।

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका संरक्षक साहित्यकार सुशील नेपाल, साहित्यकार हरि थापा, विजय शर्मा तथा महेश्वर पन्त अन्तर्क्रियामा सहभागिता बनेका थिए। गजल प्रशिक्षणअघि प्रकाशानन्दले सहभागीलाई योग अभ्यास गराएका थिए।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।