स्तुपा निर्माणका लागि तामाङ सोसाइटी अफ अमेरिकाले ५ लाख सहयोग गर्ने

२५ अषाढ २०७५
banner

न्यूयोर्क । नेपालको रामेछापमा निर्माण हुन लागेको बौद्ध स्तुपाका लागि  तामाङ सोसाइटी अफ अमेरिकाले पाँच लाख रुपैयाँ सहयोग भएको छ।

जुलाई ८ अर्थात आइतबार न्युयोर्कमा सम्पन्न वाङ अर्थात अभिषेक ग्रहण कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा निर्माण हुन लागेको बौद्ध स्तुपाका लागि तामाङ सोसाइटी अफ अमेरिकाकी अध्यक्ष सानुमाया तामाङले सोसाइटीका तर्फबाट ५ लाख रुपैयाँ सहयोगको घोषणा गरेकी हुन्।

बौद्ध धर्म अनुसार अत्यन्तै पबित्र मानिने बौद्ध स्तुपा नेपालको रामेछाप जिल्लामा निर्माण हुदैंछ। सो वाङ अर्थात अभिषेक कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेले बौद्ध दर्शन अनुसार हाम्रो दैनिक जीवन शैलीलाई के कसरी यथार्थपरक बनाउन सकिन्छ त्यसबारे प्रवचन दिएका थिए।

करीब १०० जना उपस्थित व्यक्तिलाई बौद्ध गुरुले वाङ प्रदान गरेका थिए। सो कार्यक्रम न्युयोर्कको क्विन्स स्थित तामाङ सोसाइटी अफ अमेरिकाको सभाकक्षमा सम्पन्न भएको थियो । कार्यक्रम सोसाइटीका महासचिव बुद्धिमान तामाङले संचालन गरेका थिए।

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |