नेपाली जनसम्पर्क समिति, क्यानडाको दोश्रो महाअधिबेशन अगष्टमा हुने

२५ अषाढ २०७५

banner

राजु थापा, क्यानडा। नेपाली जनसम्पर्क समिति, क्यानडाले दोश्रो महाअधिबेशन यही आउदो २०१८ अगस्ट २६ तारिख अर्थात बि।सं। २०७५ भाद्र १० गते आईतबारका दिन सम्पन्न गर्ने घोषणा गरेको छ। हिजो ग्रेटर टोरोन्टोको ब्राम्पटन सहर स्थित एभरेष्ट तेक्वान्दो सभाहलमा आयोजना गरेको बृहत घोषणा सभा मार्फत उक्त घोषणा सार्वजनिक गरेको हो।

क्यानडा भरि बसोबास गर्ने प्रजातन्त्र प्रति आस्था राख्ने उल्लेख्य सहभागिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय कार्यालय, सानेपा बाट महाअधिबेशन सम्पन्न गर्न प्राप्त पत्र पढेर सुनाइनुका साथै स्वच्छ र पारदर्शिका साथ निर्वाचन सम्पन्न गर्नका लागि निर्बाचन समिति गठन गरेको छ। प्रमुख निर्वाचन आयुक्तमा भाष्कर कुमार रेग्मी र आयुक्तहरुमा दधि अर्याल र यादव सापकोटा रहेका छन्।
महाअधिबेशन सफलताका साथ सम्पन्न गर्नका लागि नेपाली जनसम्पर्क समितिका सभापति बुद्धी प्रकास वलीको संयोजकत्वमा ५१ सदस्यीय मूल समारोह सहित बिभिन्न समितिहरु गठन गरेको छ। समितिहरुको बृश्तृत बिबरण यसप्रकार रहेको छ।

१. मूल समारोह समिति स् संयोजक– बुद्धि प्रकास वली (सभापति), उप–संयोजक– ऋषिराम गैरे, असोक यादव, सदस्य सचिव– दिपक गौतम, सचिव– निरन्जन थापा र सदस्यहरुमा कार्यसमितिका पदाधिकारि लगायत अन्य सदस्य।
२. निर्वाचन समिति स्  प्रमुख निर्वाचन आयुक्त–भाष्कर कुमार रेग्मी, सदस्यहरुमा– दधि अर्याल र यादव सापकोटा।
३. बिधान समिति स् संयोजक– सुरेन्द्र खड्का, सदस्यहरुमा दिपक गौतम, अन्जनी भट्टराई र सुरेश रजौरे।
४. प्रचार प्रशार समिति स् संयोजक– राजु थापा, सदस्यहरुमा ऋषिकेष घिमिरे, बसन्त कार्की र अम्रित थापा।
५. आर्थिक समिति स् संयोजक– युवराज शर्मा, सदस्यहरु हेमराज पाण्डे, सम्राट थापा, राजन छत्खुली, राम कृष्ण पौडेल।
६. अतिथि सत्कार समिति स् संयोजक– बसन्त कार्की, सदस्यहरुमा बिपिन पराजुली, उज्वल गौतम, चन्दा अधिकारी, रमेश रिजाल र बाबुराम भुषाल।
७. ब्यबस्थापन समितिः संयोजक– अनिल महत, सदस्यहरु मनोज बिष्ट र  दिनेश बानियाँ।
महाधिवेशन भब्यताका साथ सम्पन्न गर्नका लागि नेपाली कांग्रेस केन्दिय कार्यालय बाट केन्द्रिय सदस्य एबं पूर्व मन्त्री श्री दिपक गिरी प्रमुख अतिथि र सिन्धुली जिल्ला पार्टि सभापति श्री उज्वल प्रसाद बराल अतिथिको रुपमा प्रतिनिधि तोकि पठाईएको जानकारी गराईएको छ।
साथै कार्यक्रममा नेपाली जनसम्पर्क समिति, क्यानडा प्रति केहि असहमति राखी बाहिर रहनु हुने प्रजातन्त्र प्रति आस्थावानहरुलाई सदस्यतला लिई आउदो यस महाअधिवेशन मार्फत डेमोक्रेटिक प्रतिष्पर्धामा सक्रिय सहभागि हुन आब्हान समेत गरिएको छ ।
बृहत भेला समापन पछी नेपाली जनसम्पर्क समितिले समाजसेवी कुन्दन घिमिरेको सहयोगमा सांझ बारबिक्यू कार्यक्रमको आयोजना गरेको थियो।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »