जरुरी सार्वजनिक महत्वको प्रस्ताव : सत्ता पक्ष र प्रतिपक्ष अा-अाफ्नै अडानमा

२५ अषाढ २०७५
banner

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसदहरु । तस्बिरः रासस

काठमाडौँ। व्यवस्थापिका संसद्को साेमबारको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसद्वारा प्रस्तुत चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याई अनशनरत प्रा डा गोविन्द केसीको जीवन रक्षा गर्न पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल भएकाे छ।

सो पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूद्वारा प्रस्तुत सो प्रस्तावलाई सांसद अतहर मुसलमान र पार्वती डिसी चौधरीले समर्थन गरेका थिए।

छलफलमा भाग लिँदै सांसद बालकृष्ण खाँणले संविधान प्रदत्त शिक्षा र स्वास्थ्य मौलिक अधिकारलाई उपभोग गर्न पाउन् भन्नाका लागि प्रा डा गोविन्द केसीले उठान गरेका मागलाई सम्बोधन गर्न सरकार गम्भीर बन्न आग्रह गरे।

सांसद योगेश भट्टराईले प्रा डा गोविन्द केसी सरकारको हिरासतमा नरहेको चर्चा गर्दै २० जना मेडिकल सञ्चालकले मार्सीचामलको भात चरेशको थालमा खाएका छन् कि दुना टपरीमा खाएका छन् छानबिन गर्न माग गर्दै काठमाडाैं उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने जनताको मागले निर्धारण गर्ने बताए। उनले भने– “नेकाले गोविन्द केसीको मागलाई लिएर भावनात्मक सौदाबाजी गरेको छ।”

सांसद विमलप्रसाद श्रीवास्तवले चिकित्स शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि छिटो नयाँ विधेयक ल्याउन माग गरे।

सांसद डा मीनेन्द्र रिजालले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि माथेमा आयोगको भावना अनुसार अधिल्लो सरकारले जारी गरेको अध्यादेश अनुरुप नयाँ विधेयक ल्याउन माग गर्दै सत्ताको उन्मुखमा सरकारले डा केसीको मागलाई बेवास्ता गर्नु दुःखद रहेको टिप्पणी गरे।
सांसद खगराज अधिकारीले प्रादेशिक अधिकारलाई खोस्ने काम सार्वजानिक महत्वको प्रस्ताव गरेको भन्दै डा केसीको १४ पटकसम्मको मागमा सहमति गर्ने कुन पार्टी हो? भन्ने प्रश्न गरे।

सांसद सरिता गिरीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भूमिका अहं रहेको हुँदा प्रमुख प्रतिपक्षी दलले पेश गरेको जरुरी सार्वजानिक प्रस्ताव र डा केसीको मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद मानबहादुर विश्वकर्माले प्रस्तावलाई समर्थन गर्दै अधिल्लो सरकारले जारी गरेको चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सुधारका लागि विधेयकको भावनाअनुरुप नयाँ विधेयक ल्याउन माग गरे।

सांसद रेखा शर्माले डा गोविन्द केसीको मागलाई छिटो भन्दा छिटो समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउँदै उपत्यकामा कति मेडिकल खोल्न पाउने भन्ने कुराको निर्धारण आवश्यकताले सम्बोधन हुने बताए।

सांसद पुष्पा भुषाल गौतमले सार्वजानिक महत्वको प्रस्तावलाई समर्थन गर्दै डा केसी जुम्लामा अनशन बस्दा सरकार किन बेखबर रह्यो भन्ने प्रश्न गरिन्। सांसद कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दल नेकाले विधि, प्रक्रिया विपरीत जरुरी सार्वजनिक महत्वको प्रस्ताव ल्याएको हुँदा प्रस्ताव फिर्ता लिन माग गरे।

सांसद पद्मनारायण चौधरी, नारदमुनि राना, ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा भाग लिएका थिए। रासस

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l