पर्यटन बोर्डको प्रायोजनमा पर्यटन व्यवसायमा आबद्ध श्रमिकलाई तालीम

२५ अषाढ २०७५
banner

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रायोजनमा पर्यटन व्यवसायमा आबद्ध श्रमिकलाई तालीम दिन शुरु गरिएको छ।

पर्यटन क्षेत्रमा काम गरिरहेका श्रमिक संगठनले पर्यटन व्यवसायमा आबद्ध श्रमिकलाई तालीम दिन शुरु गरिएको हो।

‘पेशा वा व्यवसाय मात्र नभएर पर्यटन कर्म भनेको साहस, सीप, ज्ञान, व्यवहार र विवेकसँग कसरी जोडिएको छ भन्नेबारे विज्ञले कक्षामा प्रष्ट पार्नेछन्।’
कार्यक्रम संयोजक अशोक सिलवालले भने, ‘क्वान्टीटी टुरिज्मको प्रसंगले बजार तातेको यो बेला यो कार्यक्रमले क्वालिटी टुरिज्मका लागि जोड दिनेछ।’

आधिकारिक पर्यटन श्रमिक संगठन युनिट्राभ, नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदूर संघको संयुक्त आयोजनामा छ दिनसम्म सञ्चालन हुने तीस विषय समावेश गरिएको तालीममा करीब १५० पर्यटन श्रमिक संलग्न छन्। रासस

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l