नेवा अर्गनाईजेसन अफ अमेरिकाकी अध्यक्ष श्रेष्ठको राजीनामा

२६ अषाढ २०७५

banner

अमेरिका । अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रको सक्रिय संस्था नेवा अर्गनाईजेसन अफ अमेरिका (एनओए) की अध्यक्ष बबिता श्रेष्ठ प्रधानले राजीनामा दिएकी छिन्।

उनले आफ्नो कार्य व्यस्तताका कारण राजीनामा दिएको सोमबार साँझ डिसी नेपाललाई जानकारी दिइन्।

वाशिंगटन डिसी स्थित विश्व बैंकको प्रधान कार्यालयमा कार्यरत बबिता संस्थाको स्थापनाकालदेखि अर्थात विगत १७ वर्षदेखि एनओएमा सक्रिय थिइन्।

यसबारेमा थप बुझ्दा बबिता श्रेष्ठले कार्यसमितिमा राजीनामा बुझाएको एनओएका महासचिब महेन्द्र प्रधानले जानकारी दिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष