बसले किच्दा एक पैदल यात्रुको मृत्यु

२६ अषाढ २०७५

banner

तुलसीपुर, दाङ। ना ५ख ५७६८ नंको बसले किच्दा तुलसीपुरमा मंगलबार एकजना पैदल यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश सापकोटाका अनुसार अनुसार तुलसीपुर बसपार्कतर्फ गइरहेको सो बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं ३का ५५ वर्षीय लक्षीराम विटालुको मृत्यु भएको होे।

उक्त बस र चालकलाई इलाका प्रहरीले नियन्त्रणमा लिइसकेको छ। अहिले तुलसीपुर बसपार्क तनावपूर्ण अवस्थामा छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »