सोनालीको आफ्नै लापरवाहीले चौथो स्तरमा पुगेको थियो क्यान्सर, तपाइँ सचेत रहनुहोला !

२६ अषाढ २०७५

banner

एजेन्सी। बलिउड अभिनेत्री सोनाली बेन्द्रेले ४ जुलाइका दिन सामाजिक संजालमार्फत आफूलाई हाइ ग्रेड क्यान्सर भएको र यो अन्तिम अवस्थामा रहेको बताएकी थिइन् । सोनाली अहिले न्यूयोर्कमा उपचार गराउँदै छिन् । यो खबरपछि बलिउड र सोनालीका फ्यानले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यही बीचमा मेडिकल रिपोर्टमा खुलासा भएको छ कि सोनालीकै लापरवाहीका कारण क्यान्सर हाइ ग्रेडसम्म पुगेको थियो ।

सोनालीको उपचारमा संलग्न डाक्टरहरुका अनुसार सोनालीलाई लामो समयदेशी शरीरमा दुखाइको समस्या थियो जसलाई उनले बेवास्ता गरिरहेकी थिइन् । जब दुखाइ असहनीय भयो अनिमात्र उनले जाँच गराएकी थिइन् । तर, त्यतिबेलासम्म उनको क्यान्सर खतरनाक स्टेजमा पुगिसकेको थियो । यदि उनले समयमै जाँच गराएको भए उनलाई क्यान्सरबारे पहिल्यै थाहा हुन्थ्यो । 

सोनालीले जुन पोस्ट ट्वीटरमा शेयर गरेकी थिइन् त्यसमा मेटास्टेटिक क्यान्सर उल्लेख थियो । यो क्यान्सरको निकै गम्भीर रुप हो । यस्तो स्थितिमा क्यान्सर सेल निकै छिटो शरीरको एक भागबाट अर्को भागमा फैलिन्छन् । यसलाई चौथो स्टेजको क्यान्सर पनि भनिन्छ । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »