अर्घाखाँची सेवा समाज कतारद्वारा गृह जिल्लालाई एम्बुलेन्स हस्तान्तरण

२६ अषाढ २०७५

banner

अर्घाखाँची । अर्घाखाँची सेवा समाज कतारद्वारा जिल्लालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

वैदेशिक रोजगारीमा कतारमा पुगेका अर्घाखाँचीका युवाहरुको संगठन ‘अर्घाखाँची सेवा समाज कतार’ले गृह जिल्ला अर्घाखाँचीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

मंगलबार एक कार्यक्रम गरी अर्घाखाँची सेवा समाज कतारको पूर्ण आर्थिक सहयोगमा सिद्देश्वर आनन्द बृद्ध आश्रम सन्धिखर्क नगरपालिका २ चुत्रावेसीलाई हस्तान्तरण गरिएको हो। उक्त एम्बुलेन्स अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष ठाकुर कुमार परियार र महासचिव टेकराज थापाको नेतृत्वमा पठाइएको हो।

‘प्रवासमा अर्घाखाँचीबासीहरु एक हौं, नेपाली समाजका लागि सहयोग गरौं।’ भन्ने मूल नाराका साथ सन् २०१६ मा संस्थाको स्थापना भएको हो।

कार्यक्रम सन्धिखर्क नगरपालिका १ अन्तर्गत शान्ति बगैचाको पन्चाङ्ग मन्दिरको सभाहलमा हस्तान्तरण कार्यक्रममा अर्घाखाँची जिल्ला स्वास्थ्य प्रमुख डा. जगन्नाथ तिवारीले आश्रमका संरक्षक नारायण प्रसाद खनाल र अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठलाई एम्बुलेन्सका कागजात र साँचो हस्तान्तरण गरेका हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »