नहरमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

२६ अषाढ २०७५
banner

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ।

नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

यसैगरी महाकाली नदीमा आज पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीय व्यक्तिको शव फेला परेको छ। नदीको बीच भागमा शव रहेको छ।

दीमा पानीको बहाव उच्च भएकाले शव निकाल्न नसकिएको प्रहरी नायब उपरीक्षक सेटीले बताए।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l