ट्र्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु

२६ अषाढ २०७५
banner

नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीमा ट्र्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

मंगलबार बिनयी त्रिवेणी गाउँपालिका ६ शिवपुरगढीबाट त्रिवेणी आउँदै गरेको लु ३ त १०७४ नंको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीयवासी ४४ वर्षीय भेदबहादुर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

दुर्घटनामा परी मृृत्यु भएका थापाको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक हरिद्वार धोबीले जानकारी दिए। ठक्कर दिने ट्र्याक्टर र त्यसका चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l