नेवा अर्गनाइजेसन अफ अमेरिकाले शनिबार वृहत ब्रतबन्ध तथा पुजाको आयोजना गर्दै

२६ अषाढ २०७५
banner

अमेरिका । अमेरिकामा नेपाली भाषीद्धारा खोलिएको सामाजिक संस्था नेवा अर्गनाइजेसन अफ अमेरिकाले धार्मिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एनओएले आगामी शनिबार अर्थात जुलाइ १४ तारिखमा अमेरिकाको १६१२६ न्यू कोलम्बिया पाइक, बुर्टोन्सभिले, एमडी २०८६६ मा अवस्थित द वासिंगटन काली टेम्पल (हिन्दु धर्मावलम्बिहरुको मन्दिर)मा वृहत कायता पुजा तथा ब्रतबन्धको आयोजना गर्न लागेको हो ।

कायता बुजा तथा ब्रतबन्ध स्थानीय समयअनुसार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आयोजना हुनेछ । आयोजकले सम्पूर्ण अमेरिकामा बसोबास गर्ने नेपाली भाषीहरुलाई कार्यक्रममा उपस्थित भईदिन समेत आग्रह गरेको छ ।

सो धार्मिक कार्यक्रम ख्यातिप्राप्त पुजारी बासभ राजोपाध्यायको उपस्थितिमा पौराणिक हिन्दु परम्परा अनुसार अगाडी बढाइने बताइएको छ ।

कार्यक्रम हुने स्थान र सयम ।

 Saturday, July 14, 2018 from 9:00 AM to 3:00 PM at The Washington Kali Temple, 16126 New Columbia Pike, Burtonsville, MD 20866.

 

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।