गजलकार घनश्याम न्यौपाने ‘परिश्रमी’लाई ‘गज़ल महारथी’ सम्मान

२६ अषाढ २०७५
banner

आकाश शर्मा

अमेरिका, बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले गजलकार घनश्याम न्यौपाने परिश्रमीलाई ‘समसामयिक गजल महारथी’ सम्मानबाट सम्मानित गरेको छ।

बोस्टनमा आयोजित एक कार्यक्रममा साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव गोवर्धन पूजाले उनलाई सम्मान पत्र प्रदान गरेका हुन्।

अनेसास बोस्टन च्याप्टरका पूर्व अध्यक्ष हरिप्रसाद काफ्लेको संयोजकत्वमा आयोजित कार्यक्रममा सम्मानित परिश्रमीले आफ्नो गजल लेखनको बारेमा जानकारी दिदै गजलको संस्थागत विकासमा गजलकार गोवर्धन पूजाको योगदानका बारेमा प्रकाश पारे। उनले भने, ‘गजल मञ्चको स्थापना गर्ने गोवर्धन पूजाको गजलको संस्थागत विकासमा ठूलो योगदान छ।’

कार्यक्रममा लालगोपाल सुवेदी, हरी थापा, महेश्वर पन्त, विजय शर्मा, तृष्णा शर्मा, सुशील नेपाल लगायतको सहभागिता रहेको थियो।

ताजा भिडियो

छ्या ! बस पार्कको दृश्य । Kathmandu Buspark l DC Road Show- EP-1 l

म भनेर हाेईन गरेर देखाउछु : प्रधानमन्त्री ओली || Pm Kp Sharma Oli ||

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |