अन्तत: फ्रान्स विश्वकपको फाइनलमा, बेल्जियम १–० ले पराजित

२६ अषाढ २०७५
banner

काठमाडौं । फ्रान्स विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सले बलियो टोली बेल्जियमलाई १–० ले पराजित गरेको हो । यससँगै बेल्जियमको विश्वकप सपना सेमिफाइनलबाटै तुहिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा खेलको ५१ औं मिनेटमा फ्रान्सका डिफेन्डर स्यामुल उमटीटीले हेडरमार्फत हानेको एकमात्र गोल जितकालागि निर्णायक बन्नपुग्यो ।

उनले स्टार एन्टोनी ग्रीजम्यानको कर्णर किकमा गोल गरेका थिए । अब फ्रान्सले विश्वकप उपाधिका लागि इंगल्याण्ड र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बेल्जियमले भने इंगल्याण्ड र क्रोएसियाबीचको उपविजेतासँग तेस्रो स्थानका लागि भिड्नेछ ।

ताजा भिडियो

'माेदी स्टाईल'मा प्रचण्डकाे हिन्दी भाषण ।Puspa Kamal Dahal 'Prachanda' ।

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।